Like us!
Follow us!
Connect us!
Watch us!

इ-नेट पेमेन्टको अनुमतिपत्र राष्ट्रबैंकद्वारा खारेज

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १२ : ५७ मा प्रकाशित

इ-नेट पेमेन्टको अनुमतिपत्र राष्ट्रबैंकद्वारा खारेज

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने अनुमति पाएको इ-नेट पेमेन्ट प्राइभेट लिमिटेडको अनुमतिपत्र राष्ट्रबैंकले खारेज गरिदिएको छ ।

वि.सं २०७६ सालको फागुन २१ गते कम्पनीले अनुमतिपत्र प्राप्त गरेकोमा बैंकको निर्देशनको परिपालना नगरेको बताउँदै सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको बैंकको भुक्तानी प्रणाली विभाग जनाएको छ । भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको ३१ औं दिनदेखि लागू हुने गरी खारेज हुने बैंकले जारी सूचनामा उल्लेख गरिएको छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन/ दायित्व बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नसमेत बैंकले अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको