Like us!
Follow us!
Connect us!
Watch us!

आज १० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, ०८ : ११ मा प्रकाशित

आज १० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब तरलता खिच्ने भएको छ ।

बैंकले ७ दिने निक्षेप संकलन उपकरण मार्फत जेठ १ देखि जेठ ८ गतेसम्मका लागि १० अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम १० अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले जेठ ८ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता बढे पनि कर्जा विस्तार भने उत्साहजनक हुनसकेको छैन । अहिले सिडि रेसियो ८०.५१ प्रतिशत रहँदा अन्तर बैंक ब्याजदर २.५६ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको