Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा संसद्मा गुन्जियो हाँसो

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १७ : ०६ मा प्रकाशित

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा संसद्मा गुन्जियो हाँसो

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा संसद् बैठकमा हाँसो गुन्जिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को उक्त नीति तथा कार्यक्रम घोषणा गर्दा सांसदहरु हाँसेका छन्।

राष्ट्रपति पौडेलले महिलालाई आर्थिक रुपमा समक्ष र सबल बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने बताए। 

राष्ट्रपतिले यो बुँदा वाचन गर्ने बित्तिकै एकछिन हाँसोले गुन्जिएको हो। 

उक्त हाँसोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत हाँसो रोक्न सकेनन् । 

प्रधानमन्त्री प्रचण्डका छोरीहरु राजनीतिक रुपमा सक्रिय रहेका कारण संसदमा दोहोरो अर्थ लगाइएको हो। छोरीहरुले पिता प्रधानमन्त्री भएको लाभ उठाइरहेको आरोप समेत लाग्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको