Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रम : सार्वजनिक ऋणको विवेकपूर्ण छनोट गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गरिने

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १७ : १५ मा प्रकाशित

नीति तथा कार्यक्रम : सार्वजनिक ऋणको विवेकपूर्ण छनोट गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने बताएका छन् ।

आगामी आर्थिक वर्ष बजेटले लिएको खर्च नीति र सार्वजनिक ऋणको समुचित प्रयोगका लागि सरकारले आन्तरिक तथा बाह्य ऋणको विवेकपूर्ण छनोट गरी प्रतिफल प्राप्त क्षेत्रमा मात्र लगाउने नीति लिने उनले बताए । 

यस्तै, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यक र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने उनले जनाए । कम विकसित मुलुकबाट विकासिल मुलुकमा स्तरउन्नति हुँदा प्राप्त गर्ने अवसर र प्रभावको विश्लेषण गरी सो अनुरूप रणनीति तथा कार्यक्रम बनाइने राष्ट्रपति पौडेलले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको