Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रममा कसरी समेटियो पुँजी बजार  ?

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १० : २६ मा प्रकाशित

नीति तथा कार्यक्रममा कसरी समेटियो पुँजी बजार  ?

पूँजीबजार क्षेत्रलाई लगानीका लागि भरपर्दो स्थान बनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललेले सार्वजनिक गरेको कार्यक्रममा सरकारले पूँजी बजारको विकासको लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्दै सुरक्षित रहने वातावरण तयार गर्ने उल्लेख गरेको हो । 

नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । राष्ट्रपति पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दै पूंजी बजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने घोषणा गरेका छन् । त्यस्तै लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा पनि गरेका छन् । 

यस्तै,सरकारले पुँजी बजार, बैंकिङ, लघुवित्त, सहकारी र बिमा क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने भएको छ । नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको