Like us!
Follow us!
Connect us!
Watch us!

१० करोडको दाबी सहित सिप्ला सेक्युरिटिजविरुद्ध धितोपत्र बोर्डमा उजुरी

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १७ : २५ मा प्रकाशित

ब्रोकर नम्बर २० बाट चिनिएको सिप्ला सेक्युरिटिज लिमिटेड विरुद्ध सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डमा समेत उजूरी दर्ता भएको छ। उक्त ब्रोकर विरुद्ध हिजो नेपाल स्टक एक्सचेन्जमा पनि उजुरी दर्ता भएको थियो। 

उजुरी दर्ता गर्ने ब्रोकर नं. २० (सिप्ला सेक्युरिटिज) कै ठुला ग्राहक रहेका छन्। उनले यस ब्रोकर विरुद्ध सेबोन र नेप्सेमा सेयर बिक्री वापतको ७ करोड रुपैयाँ र ब्याज वापतको ३ करोड रुपैयाँ गरि १० करोड रुपैयाँ भुक्तानी दाबी गर्दै नियामकका पुगेका हुन्। 

उजुरी पत्रमा,'म र मेरो परिवार, आफन्त तथा कम्पनीहरूले शेयर ब्रोकर नं २० सिपला सेक्युरिटिज लिमिटेडसँग पटकपटक गरेको शेयर कारोवारवाट प्राप्त गर्नुपर्ने रकम सिपला सेक्युरिटिज लिमिटेडले पठाएको लेजरको आधारमा कुल रकम करीव रु ७८८१९६६६ (सात करोड अठासी लाख उन्नाइस हजार छ सय छैसठी रुपैंया ) कारोवार भएको लामो समयसम्म भुक्तानी नदिई आलटाल गरेको र सो रकम र सोको कानून बमोजिमको सम्पूर्ण परिवार, आफन्त तथा कम्पनीहरूको मिलाएर करिब रु ३००००००० (तीन करोड रुपैंया) व्याज समेत गरी कुल रकम रु १०८८१९६६६ ( दस करोड अठासी लाख उन्नाइस हजार छ सय छैसठी रुपैंया) पाउनुपर्ने तुरुन्तै भुक्तानी गराइ ब्रोकरलाइ प्रचलित कानून बमोजिम हदैसम्मको कार्वाही गरी दिनुहुन अनुरोध छ । म जस्तै थुप्रै ग्राहकहरूको रकम ब्रोकरले दूरप्रयोग गरी क्रिप्टो तथा हुन्डी कारोबारमा प्रयोग गरेको हुनाले सिपला सेक्युरिटिज लिमिटेडका तत्कालीन सञ्चालक थुनामा रहेकाले उक्त ब्रोकरलाई अनुसन्धानको दायरामा ल्याउनपर्ने देखिन्छ । मिति २०८१/०९/१२ गतेको दिन नेप्सेमा उजुरी दिएको र उक्त उजुरीको आजको दिनसम्म पनि कुनै सुनवाई नभएकाले बडा दुःखका साथ धितोपत्र बोर्ड गुहारेका छौं ।
सिपला सेक्युरिटिज लिमिटेडले दिएको सम्पूर्ण लेजर समावेश गरेका छौं।
नेप्सेमा दर्ता गरेको उजुरी पनि समावेश गरेका छौं।" भनिएको छ। 

यस बारेमा अर्थसंसारले ज्ञानेश्वर स्थित सिप्ला सेक्युरिटिजमा पटक पटक सम्पर्कको प्रयास गर्दा पनि  ब्रोकर र त्यहाँका सम्बन्धित अधिकारी सम्पर्कमा आउन चाहेनन्। 

उजुरीकर्ताको अनुरोधमा उनको नाम र विवरणहरू भने सार्वजनिक गरिएको छैन। 

यस्तो छ उजुर पत्र 

भिडियो रिपोर्ट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको