Like us!
Follow us!
Connect us!
Watch us!

अल्पकालिन लगानकर्ताले ५० प्रतिशत बढि कर तिर्नुपर्ने, बजारमा कस्तो प्रभाव पर्ला ?

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, ०६ : ३९ मा प्रकाशित

अल्पकालिन लगानकर्ताले ५० प्रतिशत बढि कर तिर्नुपर्ने, बजारमा कस्तो प्रभाव पर्ला ?

सरकारले शनिबार जारी गरेको आर्थिक बर्ष २०७८/७९ को बजेटले अल्पकालिन लगानकर्ता र दिर्घकालिन लगानीकर्तालाई छुट्टाछुट्टै व्यवस्था गरेको छ । 

बजेटले सेयर बजारका ट्रेडर र इन्भेष्टरहरुका लागि लाग्ने करमा परिवर्तन गरेको छ । बजेटले ट्रेडर बढी कर र इन्भेष्टरलाई कम कर लाग्ने व्यवस्था गरेको छ।

बजेटले खरिद गरेको ३६५ दिनभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत र ३६५ दिनभन्दा धेरै अवधिको लागि सेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्तालाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ।

लामोसमय देखि विभिन्न लगानीकर्ताहरुले ट्रेडर र इन्भेष्टरहरुलाई पूँजीगत लाभकर फरक फरक हुनुपर्ने माग गर्दै आइरहेका थिए । सरकाले बजेट मार्फत ट्रेडरहरुका लागि अहिले भन्दा पूँजीगत लाभकर २ं.५ प्रतिशत बृद्धि गरेको छ भने इन्भेष्टरहरुका पूँजीगत लाभकर यथावत रहने छ ।

सक्रिय लगानीकर्ता एबं नेपाल पुँजीबजार लगानीकर्ता संघका शुदुरपश्चिम प्रदेश संयोजक कुमार थापाले सरकारले बजेटमार्फत लगानीकर्ताहरुलाई दुखिद बनाएको बताए । ट्रेडर र इन्भेष्टरहरुलाई छुट्टुयाउनु सहि भएपनि बजारमा कारोबार यसरी दिनहुँ बृद्धि भइरहदा करको दायरालाई घटायर लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नुको सट्टा सरकारले कर झनै बढाउँदा लगानीकर्ताहरु निरुत्साहित हुने उनको तर्क छ ।

60b2eb23750c9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको