Like us!
Follow us!
Connect us!
Watch us!

तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट फेरि १० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १० : ४४ मा प्रकाशित

तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट फेरि १० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम बढी भएपछि १० अर्ब रकम तान्ने भएको छ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज अर्थात् जेठ ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको हो। जेठमा यो चौथो पटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक १० अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको