Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, ०८ : २१ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने गरि बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय गरिएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।

त्यस्तै आजको बैठकमा राष्ट्रपतिलाई सभामुखले धन्यवाद दिने पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने माग गर्दै संसद अवरोध गरिरहेकाले संसदको बैठक कसरी संचालन हुन्छ भन्ने अन्योल नै रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको