Like us!
Follow us!
Connect us!
Watch us!

तरलता सुविधाका लागि सरकारी ऋणपत्रको रोक्का पत्र राष्ट्र बैंकमा बुझाउनुपर्ने

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, ११ : २५ मा प्रकाशित

तरलता सुविधाका लागि सरकारी ऋणपत्रको रोक्का पत्र राष्ट्र बैंकमा बुझाउनुपर्ने

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तरलता सुविधा लिने बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रको रोक्का पत्र राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

तरलता सुविधा उपयोगको लागि बैंक तथा वित्तीय संस्थाहरुले दैनिक तरलता सुविधा, ओभरनाइट तरलता सुविधा, रिपो, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा माग गर्दै आएका छन् । त्यसको सुरक्षणको लागि सरकारी ऋणपत्र उपयोग गरि सार्वजनिक ऋण ब्यवस्थापन कार्यालयमा रोक्का गर्ने गरिएको छ ।

अब कार्यालयबाट प्राप्त रोक्का पत्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा पेश गर्नुपर्ने भन्दै राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको