Like us!
Follow us!
Connect us!
Watch us!

घाटा भएपछि नेपाल रिले विवरण सार्वजनिक गर्न आलटाल गरेको खुलासा, पहिलो त्रैमाससम्म ४७.५६ करोडको घाटा

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, ०८ : ५८ मा प्रकाशित

घाटा भएपछि नेपाल रिले विवरण सार्वजनिक गर्न आलटाल गरेको खुलासा, पहिलो त्रैमाससम्म ४७.५६ करोडको घाटा

नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) घाटामा भएपछि विवरण सार्वजनिक गर्न आलटाल गरेको पाइएको छ। कम्पनीले बल्ल बल्ल चालु आर्थिक वर्ष २०८०।८१ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अरु कम्पनीले तेस्रो त्रैमासको विवरण सार्वजानिक गरिसक्दा नेपाल रिले पहिको त्रैमासको विवरण सार्वजनिक गरेको हो। 

४७ करोड ५६ लाख रुपैयाँ घाटा

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम त्रैमास सम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

खुद  बीमाशुल्क घट्यो 

समीक्षा अवधि सम्ममा कम्पनीले १ अर्ब २८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिन्छ।अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा १५.९५ प्रतिशतले थोरै हो।

अरु सूचक तथा विवरण 

स्पेसल रिजर्भ
 ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ

महाविपत्ति कोष
२६ करोड ७४ लाख रुपैयाँ

रिटेन्ड अर्निङ
१९ करोड ६९ लाख रुपैयाँ

अन्य इक्विटी
७१ करोड २४ लाख रुपैयाँ

वार्षिकीकृत प्रति सेयर आम्दानी (ईपीएस) 
३.७१ रुपैयाँले ऋणात्मक(वर्ष यही अवधिमा ईपीएस १.४७ रुपैयाँ रहेको )

प्रति सेयर नेटवर्थ
१३९.१४ रुपैयाँ

सेयरपुँजी
१२ अर्ब ८१ करोड रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको