नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । मंगलबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजाबी सुन १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस