Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, ११ : ०८ मा प्रकाशित

कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक सेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको