Like us!
Follow us!
Connect us!
Watch us!

होटल सरोवर र किङ्गस् लाउन्ज पोखरा मा प्रभु बैंकद्वारा विशेष छुट सम्झौता

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १५ : ४८ मा प्रकाशित

होटल सरोवर र किङ्गस् लाउन्ज पोखरा मा प्रभु बैंकद्वारा विशेष छुट सम्झौता

पोखराको लेकसाइड मा अवस्थित होटल सरोवर प्रा.लि र किंस् लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सोमबार   छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस् लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंककाग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथाकर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरुमा छुट पाउने छन्। जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवाहरुमा बिशेस छुट प्राप्तगर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामाबिशेस छुट प्राप्तगर्न सक्नेछन। साथै प्रभु बैंककाकर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ। 

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि परिरहेका प्रा।डा। भरत पहारी द्घारा सञ्चालित होटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवातथा सुविधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सँगित पे्रमिलक्षित होटल तथा रेष्टुरेण्टको रुपमा बहुचर्चित पाइन्छ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधी बाट सम्मानितप्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाखभन्दा वढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं बिश्वास दिन्छौ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी्, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्जपोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको