Like us!
Follow us!
Connect us!
Watch us!

हिम पर्वत हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

विहीबार, १० जेठ २०८१, ०९ : ३५ मा प्रकाशित

हिम पर्वत हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।

जेठ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २७ गते गते काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको कम्पनीको मुख्य कार्यालयमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । कम्पनीले साधारणसभामा अधिकृत तथा जारी पुँजी बढाउने, पुँजी संरचना परिवर्तन गर्ने, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने, सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने लगायत विविध प्रस्तावहरु पेश गरिने जनाएको छ ।

कम्पनीले दोलखा जिल्लामा ५.५ मेगावाटको साँगु खोला -१ र २० मेगावाटको साँगु खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त योजनामा अवसर इक्विटीको पनि लगानी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको