Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको चेतावनी: काठमाडौं महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १२ : ०४ मा प्रकाशित

बालेनको चेतावनी: काठमाडौं महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको आरोप लगाएका छन् ।

मेयर शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने बताए ।

‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ, यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,’ उनले भनेका छन् ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा नरहने पनि उनले स्पष्ट पारेका छन् ।

‘१६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ, उनले भनेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन ।’

साथै मेयर शाहले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनसमेत चेतावनी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको