Like us!
Follow us!
Connect us!
Watch us!

पुवा खोला-वान हाइड्रोले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, ०९ : ४६ मा प्रकाशित

पुवा खोला-वान हाइड्रोले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।

चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १५ गते काठमाडौंको अनामनगरस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । सभामा कम्पनीको प्रबन्ध पत्रमा संशोधनलगायतका प्रस्ताव पेश गरिने जनाइएको छ । यसैगरी कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गरिने जनाइएको छ ।

कम्पनीले नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । पुवा खोला-वान हाइड्रोले इलाममा चार मेगावाटको योजना विकास गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको