Like us!
Follow us!
Connect us!
Watch us!

४८ करोड आयकर लुकाएपछि बढेको एसियन लाइफ इन्स्योरेन्सको नाफा नयाँ विवरणमा २०.९ करोडमा झर्यो

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, ०८ : २९ मा प्रकाशित

४८ करोड आयकर लुकाएपछि बढेको एसियन लाइफ इन्स्योरेन्सको नाफा नयाँ विवरणमा २०.९ करोडमा झर्यो

अप्रिल १२ मा ६९ करोड मुनाफासहितको वित्तीय विवरण प्रकाशित गरेको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको नयाँ अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । नयाँ विवरणमा अघिल्लो विवरणमा लुकेको ४८ करोड आयकर देखाएपछि कम्पनीको नाफा २०.९८ करोडमा सीमित भएको छ ।

कम्पनीले मङ्गलबार सार्वजनिक गरेको नयाँ विवरणमा नाफामा ठूलो गिरावट आएको हो । नयाँ विवरण अनुसार कम्पनीको प्रती सेयर आम्दानी ८.८७ र नेटवर्थ ११५.६१ रुपैयाँमा सीमित हुन पुगेको छ । जबकी अघिल्लो रिपोर्ट अनुसार कम्पनीको प्रती सेयर आम्दानी २९.२० र नेटवर्थ १२९.१९ रुपैयाँ देखाइएको थियो । अघिल्लो वित्तीय विवरण प्रकाशित गर्दा ५५५ रुपैयाँ रहेको कम्पनीको दोस्रो बजारको मूल्य नयाँ रिपोर्ट प्रकाशित हुनुपूर्व ६०३ रुपैयाँ पुगेको थियो । तर आम्दानी घटेको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको सेयरभाउ प्रति कित्ता ५९० रुपैयाँमा झरेको छ ।

नाफा घटेसँगै नयाँ प्रकाशित विवरणमा संचित मुनाफामा पनि भारी गिरावट आएको छ भने महाविपत्ती कोषमा पनि २६ करोड ३४ लाख रुपैयाँ रहेकोमा अहिले २१ करोड ५३ लाख रुपैयाँ राखिएको छ । विवरणको दायित्वतर्फ अन्य वित्तीय दायित्वमार्फत सम्पूर्ण रकम समायोजन गरिएको छ । अघिल्लो रिपोर्टमा ८७ करोड ६६ लाख रहेको अन्य वित्तीय दायित्व नयाँ विवरणमा बढेर एक अर्ब ३५ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले नाफा घटेको विवरण प्रकाशित गरेपछि लगानीकर्ता भने आक्रोशित बनेका छन् । वित्तीय विवरण प्रकाशनमा गम्भीर त्रुटी भएको भन्दै लगानीकर्ताले कम्पनीले लापरबाहीको हद नाघेको प्रतिक्रिया सामाजिक सञ्जालमा दिएका छन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको