Like us!
Follow us!
Connect us!
Watch us!

१० महिनामै राष्ट्र बैंकमा सरकारको डिपोजिट ५.५७ गुणाले बढ्यो : सरकारको पैसा कति छ राष्ट्र बैंकमा?

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, ०८ : ३६ मा प्रकाशित

१० महिनामै राष्ट्र बैंकमा सरकारको डिपोजिट ५.५७ गुणाले बढ्यो : सरकारको पैसा कति छ राष्ट्र बैंकमा?

यस आर्थिक वर्षको १० महिनामा सरकारले नेपाल राष्ट्र बैंकमा डिपोजिट गरेको पैसामा उल्लेख्य वृद्धि भएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार गत असारमा ४५ अर्ब रुपैयाँ रहेको सरकारी निक्षेप वैशाखको अन्त्यसम्म बढेर २ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले नेपाली मुद्रामा राखेको पैसा भने यस अवधिमा घटेको छ । गत असारमा २ खर्ब ८० अर्ब रुपैयाँ रहेको त्यस्तो निक्षेप वैशाखको अन्त्यसम्म घटेर २ खर्ब ५० अर्बमा झरेको छ । 

विदेशी मुद्राका रुपमा बैंक तथा वित्तीय संस्थाले राखेको डिपोजिटमा भने वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाले वैशाख अन्त्यसम्म सात अर्ब १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा राष्ट्र बैंकमा निक्षेप गरेका छन् जुन गत असारसम्म ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको रहेको थियो ।

विवरण अनुसार हाल ६ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी रकम सर्कुलेसनमा रहेको छ । गत असार अन्त्यसम्म सर्कुलेसनमा रहेको रकम ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको