Like us!
Follow us!
Connect us!
Watch us!

महालेखाले भन्यो,'पुंजीबजारले नै आर्थिक विकासमा गति दिनेछ ,नेप्सेको पुनःसंरचना जरुरी'

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, ०९ : १३ मा प्रकाशित

महालेखाले भन्यो,'पुंजीबजारले नै आर्थिक विकासमा गति दिनेछ ,नेप्सेको पुनःसंरचना जरुरी'

महालेखा परीक्षकको कार्यालयले पुंजीबजारले मुलुकको आर्थिक विकासले गति दिने र  नेप्सेको पुनःसंरचनागर्दै पुँजी बजारको दायरा र आकार वृद्धि गराउन जरुरी भएको भनेको छ। 

आइतबार राष्ट्रपतिसमक्ष पेश गरेपछि सार्वजनिक भएको महालेखाको ६१ औं वार्षिक प्रतिवेदनमा पुँजी बजारका पूर्वाधारहरूको क्षमता वृद्धि र विकास भएमा लगानीको निम्ति पुँजी आपूर्ति वृद्धि भई मुलुकको आर्थिक विकासले गति लिने भनेको छ । 

प्रतिवेदनमा पुँजी बजारको कारोबार गर्न र राफसाफ गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेड स्थापना भई २०७२ देखि सबै सूचीकृत कम्पनीहरूको सेयर कारोबार अभौतिक रूपमा हुँदै आइरहेको छ। सूचीकृत ३२५ कम्पनीको २०८० असारमा बजार पुँजीकरण रू.३० खर्ब ८२ अर्ब ५ करोड रहेको छ । 

कर्पोरेट पेपर र ऋणपत्र बजारको उपस्थिति शुन्य प्रायः रहेको छ। भेन्चर क्यापिटल र प्राइभेट इन्भेष्टमेन्ट जस्ता व्यवसायलाई धितोपत्र बजारमा ल्याउन नसकेको प्रतिवेदनले भनेको छ। 

धितोपत्रमा लगानीसम्बन्धी शिक्षा दिने प्रक्रियाको थालनी भएको, सूचीकृत कम्पनीको संख्या न्यून रहेको, उत्पादनमूलक लगायत बहुसंख्यक कम्पनीहरूले धितोपत्र निष्काशन नगरेको, केही म्युचुअल फण्डबाहेक संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको, धितोपत्र दलालहरूको उपस्थितिले लागत घटाउन नसकिएको र निजी क्षेत्रलाई प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल सञ्चालन गर्न उत्प्रेरित गर्ने वातावरण नियमनकारी निकायहरूले बनाउन सकेको भनिएको छ । 

बजारको क्षेत्रगत विविधता बढाउने, धितोपत्र व्यवसायीको सेवा विस्तार, विदेशी लगानीकर्तालाई लगानीमा सहजता, वस्तु बजारको लागि नियमनकारी व्यवस्थाको सुदृढीकरण गर्न सरकारी स्वामित्वमा रहेका नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) पुनःसंरचना गरी पुँजी बजारको दायरा र आकार वृद्धि गराउन जरुरी देखिएको प्रतिवेदनमा उल्लेख छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको