Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, ११ : ३१ मा प्रकाशित

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

सेयरको न्युनतम मूल्य प्रति सेयर १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा सेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्ना भिन्नै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि एक हजारको गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन । तर सेयर खरीद गर्न आवेदन गरेको कुल सेयर जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको सीमाको अधिनमा रहने गरी अधिकत्तम १० लाख कित्ताका लागि आवेदन दिन सकिने छ ।

बोलकबोलमा सेयर बिक्री गर्दै जांदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलबोलपत्र आवेदनहरु पर्न गई बाँडफाँड हुन बाँकी सेयर भन्दा बढीको माग भएमा माग गरेको सेयरको आधारमा समानुपातिक रुपमा सेयर बाँडफाँड गरिनेछ बैंकले जनाएको छ ।

सेयर खरिदको लागि इच्छुक लगानीकर्ताले आजदेखि जेठ २२ गतेसम्म कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको