Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, ११ : ०९ मा प्रकाशित

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ  । सोमबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार ४सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन  प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ सोमबार १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको