Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आवको कुल व्यय १८ खर्ब ६० अर्ब ३० करोड, पूँजीगत खर्चभन्दा वित्तीय खर्च बढी

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : ५७ मा प्रकाशित

आगामी आवको कुल व्यय १८ खर्ब ६० अर्ब ३० करोड, पूँजीगत खर्चभन्दा वित्तीय खर्च बढी

आगामी आर्थिक वर्षको कुल व्यय १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ रहेको अर्थमन्त्री वर्षमान पुन अनन्तले जनाएका छन् ।

कुल खर्चमध्ये चालू खर्च ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय खर्च ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात १९.७४ प्रतिशत रहेको छ ।

आयतर्फ राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ भने वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने जनाइएको छ । त्यसबाहेक न्यून भएको ५ खर्ब ४७ अर्ब ६७ करोड मध्ये २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋण र ३ खर्ब ३० अर्ब आन्तरिक ऋणमार्फत उठाइने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको