Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १७ : ०६ मा प्रकाशित

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' को अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

उनले यो कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने बताउदै यस कार्यक्रमले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको