Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा सुधारका कार्यक्रम देखिएनन्- पुर्व अर्थमन्त्री डा. महत

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १७ : १९ मा प्रकाशित

बजेटमा सुधारका कार्यक्रम देखिएनन्- पुर्व अर्थमन्त्री डा. महत

अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् ।

पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै बास्तविकता भन्दा माथि रहेको बताए ।

महतले सुधारका कार्यक्रम ल्याउने बताउदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताए ।

डा. महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउदै आफुहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको