नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बजेटबारे कृषि, पर्यटन, सूचना प्रविधि र जलश्रोतका विषयहरुलाई राम्रो स्थान दिएको बताए ।
बजेट कार्यान्वयनका लागि आफूहरुले सहयोग गर्ने उनले बताएका छन् ।
करका दरहरुमा भने आर्थिक ऐन नहेरी अहिले केही बोल्न नसकिने मल्लले बताएका छन् । उनले खर्चको अनुमान भन्दा पनि श्रोतको बारे गम्भीर हुनु पर्ने प्रतिक्रिया दिएका छन् । उनले चालु खर्चमा ठूलो रकम खर्च हुने गरेको भन्दै यसलाई घटाउने तर्फ सोच्नु पर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस