Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल स्टेबल फण्डका इकाई नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, ११ : ३७ मा प्रकाशित

एनआईबिएल स्टेबल फण्डका इकाई नेप्सेमा सूचीकृत

एनआईबिएल स्टेबल फण्डका इकाई नेप्सेमा सुचीकृत भएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एनआईएमबि एस क्यापिटल लिमिटेड बीच १० रुपैयाँ अङ्कित मूल्यका ११ करोड ३० लाख इकाई सामूहिक लगानी कोष सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआईएमबि एस क्यापिटल लिमिटेड मार्फत इकाई धितोपत्र खुल्ला बिक्री आव्हान गरेको थियो ।

अब आइतबारबाट नेप्सेमा उक्त म्युचुअल फन्डको सेयर कारोबार गर्न सकिनेछ । एनआईएमबि एस क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको यस फन्डलाई दोस्रो बजारमा कारोबारका लागि NIBLSTF टिकर अर्थात स्टक सिम्बोल प्रदान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको