Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको सेयरभाउ प्रतिकित्ता ५० हजार नजिक

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १२ : ४३ मा प्रकाशित

युनिलिभर नेपालको सेयरभाउ प्रतिकित्ता ५० हजार नजिक

युनिलिभर नेपालले आफ्नो अधिकृत पूँजी बढाएसँगै दोस्रो बजारमा सेयरको भाउमा लगातार दोस्रो दिन सकारात्मक सर्किट लागेको छ ।

आज बिहीबार उक्त कम्पनीको सेयरभाउ प्रतिकित्ता ४७ हजार ६ सय १४.७ रुपैयाँ पुगेको छ । यो नै कम्पनीको सेयरको हालसम्मको उच्चतम भाउ पनि हो । कम्पनीले आफ्नो अधिकृत पूँजी सात गुणा बढीले बढाएर दुई अर्ब १४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो । 

कम्पनी रजिष्ट्रारको कार्यालयको अनुमति लिएर कम्पनीले ३० करोड रहेको अधिकृत पूँजी दुई अर्ब १४ करोड रुपैयाँ पुर्याएको हो । कम्पनीको चुक्ता पूँजी भने नौ करोड २० लाख ७० हजार रुपैयाँ मात्र रहेको छ । अधिकृत पूँजी वृद्धि गरेसँगै कम्पनीले व्यवसाय विस्तार गर्ने रणनीति लिएको अनुमान सँगै सेयरभाउमा उछाल आएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको