Like us!
Follow us!
Connect us!
Watch us!

१९ अकंले घट्यो नेप्से ,४ अर्ब २१ करोडको कारोबार

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १५ : १९ मा प्रकाशित

१९ अकंले घट्यो नेप्से ,४ अर्ब २१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अकंले घटेर २०६९.५३ बिन्दुमा बन्द भएको छ । साताको अन्तिम कारोबारको दिन ३११ कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.१७ प्रतिशतले सेयर मूल्य घटेको हो ।

बिहिबार चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स, अप्पर लोहोरे खोला, भगवती हाइड्रोपावर र मनकामना इन्जिनिरिङको सेयरमा सकारात्मक सर्किट लागेको हो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको