Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १५ : ०७ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य, एजेन्ट तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्।

दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकले जनाएको छ।

सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र कारणजित र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट चिफ एस्क्युटिभ अफिसर कवि पौडेलले हस्ताक्षर गरेका छन्।

योसँगै आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी, कर्मचारीका पारिवारिक  सदस्य, एजेन्ट र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन्।

क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको