Like us!
Follow us!
Connect us!
Watch us!

जेठभित्र कर्जा भुक्तान गर्ने ग्राहकलाई एनआईसी एसिया बैंकले जरिवानामा शतप्रतिशत छूट दिने

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १७ : ५५ मा प्रकाशित

जेठभित्र कर्जा भुक्तान गर्ने ग्राहकलाई एनआईसी एसिया बैंकले जरिवानामा शतप्रतिशत छूट दिने

एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना तथा हर्जाना रकममा छूट दिने भएको छ ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुयाउन छूट योजना ल्याएको बैंकले जनाएको छ।

बैंकका अनुसार २०८० चैत मसान्तसम्म भाखा नाघेको कर्जाहरूको हकमा जेठ महिनाभित्र सम्पूर्ण कर्जा रकम भुक्तान गरे ग्राहकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छूट पाउने छन्।

साथै, साधारण बक्यौता ब्याज रकममा समेत ग्राहकले १५ देखि ३५ प्रतिशतसम्म छूट पाउने छन्।

बैंकले ९१ दिनदेखि १८० दिन भाखा नाघेको कर्जाको साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको कर्जाको व्याज रकममा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेको कर्जाको व्याज रकममा ३५ प्रतिशत छूट समेत दिने भएको छ ।

यो छुट योजनाले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।

6660568322c64.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको