Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव अघि नै ट्रम्पले बाइडेनलाई यसरी उछिने...

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, १२ : ३३ मा प्रकाशित

चुनाव अघि नै ट्रम्पले बाइडेनलाई यसरी उछिने...

अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडेनलाई टिकटकको फलोवर्समा उछिनेका छन् ।

केही दिनअघि मात्र एउटा भिडियो पोस्ट गरेर टिकटकमा प्रवेश गरेका डोनाल्ड ट्रम्पको फलोवर्स जो बाइडेनको भन्दा बढी भइसकेको छ । चार दिनमै ट्रम्पको फलोवर्सको संख्या ५६ लाख नाघिसकेको छ भने उनले पोस्ट गरेको भिडियोमा पनि ५९ लाख प्राप्त भइसकेको छ । यता लामो समयदेखि टिकटक चलाइरहेका जो बाइडेनको फलोवर्स भने तीन लाख ६१ हजार मात्र रहेको छ ।

जो बाइडेनले टिकटक मार्फत आफ्नो चुनावी गतिविधिका भिडियो पोस्ट गर्दै आइरहेका छन् । ट्रम्पले चार वर्ष अघि टिकटकलाई प्रतिबन्ध लगाउन खोजेका थिए भने बाइडेनले आगामी जनवरी भित्र टिकटकले आफ्नो स्वामित्व अमेरिकी कम्पनीलाई नबेचे प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गरिसकेका छन् ।

दुवै प्रतिस्पर्धी टिकटकमा रहेका नयाँ पुस्तालाई आफूतिर तान्ने ध्याउन्नका साथ उक्त प्लाटफर्म चलाउन थालेका हुन् । टिकटकले अमेरिकामा मात्रै मासिक १७ करोड प्रयोगकर्ता रहेको बताउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको