Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र जय सिद्धबाबा चस्मा पसलबीच सम्झौता

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, १५ : ४० मा प्रकाशित

कामना सेवा विकास बैंक र जय सिद्धबाबा चस्मा पसलबीच सम्झौता

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधामध्ये ब्रान्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण कर्मचारी तथा ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको