Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीबजारमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डको भनाई

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १४ : ०१ मा प्रकाशित

पुँजीबजारमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारमा देखिएका समस्या समस्या समाधान गर्न तयार रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार शुभकामना दिंदै वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै स्वस्थ प्रतिस्पर्धी र भरपर्दो बनाउन बजारमा देखिएमा समस्या समाधान गर्ने सरकार तयार रहेको बताएका हुन् ।

उनले सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरूको आधारमा पूँजीबजारमा देखिएका समस्याहरु समाधान गर्ने बताए । उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पूँजीबजारको महत्वपूर्ण भूमिका रहने पनि बताएका छन् ।

लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानूनहरूमा समयानुकुल परिमार्जन गरिएको बताए ।उनले सरकारले व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी व्यवसायीहरूको मनोबल बढाउन, छरिएर रहेका साना पूँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको