Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट,  ५ अर्ब १८ करोडको कारोबार

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, १५ : ४७ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट,  ५ अर्ब १८ करोडको कारोबार

लगातार तेस्रो दिन समेत सेयर बजार ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले घटेर २०७९.१९ बिन्दुमा बन्द भएको छ । आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको २१ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिटी होटलको १३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्र्टन हाइड्रोपावर, शुभव पावर, सिटी होटल, कुथली बुखरी हाइड्रको लगानीकताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । भगवती हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको