Like us!
Follow us!
Connect us!
Watch us!

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपिओ जारी गर्ने, डाक्यो साधारणसभा

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, ०९ : १३ मा प्रकाशित

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपिओ जारी गर्ने, डाक्यो साधारणसभा

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आफ्नो पहिलो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले असार २२ गते वार्षिक साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले रुपन्देहीको बुटवल–९ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सभा बोलाएको छ। 

सभामा सर्वसाधारणका लागि आइपीओ ल्याउने विशेष प्रस्ताव पेश हुनेछ। यसका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

तेस्तै,सभाले सर्वसाधारण सेयरधनीहरुलाई छुट्याइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याउने गरी प्रबन्धपत्र संशोधन गरिने प्रस्ताव पनि रहेको छ। 

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायत सोही अवधिको वित्तीय विवरणहरुसहित अनुसूचीहरुउपर छलफल गरी पारित गर्नेछ। सभाले आव २०७९।८० का लाग सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नुका साथै आव २०८०।८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले समूह ‘क’ बाट सञ्चालक समितिको चयन (निर्वाचन) गर्नुका साथै स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको