Like us!
Follow us!
Connect us!
Watch us!

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो साधारणसभा, आईपीओ निष्काशन प्रस्ताव पेस हुँदै

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ११ : ३९ मा प्रकाशित

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो साधारणसभा, आईपीओ निष्काशन प्रस्ताव पेस हुँदै

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ (प्रारम्भिक सार्वजनिक निष्काशन) जारी गर्ने तयारी थालेको छ। यससम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले दोस्रो वार्षिक साधारणसभा डाकेको हो, जुन सभा जेठ १ गते रुपन्देहीको महाराजा रिसोर्टमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ।

सभामा आईपीओ निष्काशनसम्बन्धी प्रस्तावसँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पेस गरिनेछ। साथै, अघिल्लो आर्थिक वर्षका सबै वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकलाई अनुमोदन गर्ने एजेन्डाहरू पनि समावेश गरिएका छन्।

कम्पनीले सभा प्रयोजनका लागि वैशाख २५ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले वैशाख २४ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको