नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
सेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस