Like us!
Follow us!
Connect us!
Watch us!

३३ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ५५ करोडको कारोबार

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, १५ : ३६ मा प्रकाशित

३३ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ५५ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अकंले बढेर २११५.२४ बिन्दुमा बन्द भएको छ । 

आज दिनभरिमा ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । 

आज सबैभन्दा धेरै एनआरएनको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ३० लाख रुपैयाँको सेयर  कारोबार भएको छ । माउन्टेन इनर्जीको २३ करोड १७ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथली बुखरी, भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको