Like us!
Follow us!
Connect us!
Watch us!

संसद बैठक आज पनि बस्दै, मन्त्रालयगत छलफल जारी रहने

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, ०८ : ४५ मा प्रकाशित

संसद बैठक आज पनि बस्दै, मन्त्रालयगत छलफल जारी रहने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा मङ्गलवारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

त्यस्तै विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत पेश हुने तालिका रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको