Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर बढाउन प्रतिस्पर्धा गर्ने वाणिज्य बैंक लाभांश दिन भने अनुदार, साधारणसभामा मिडियालाई निषेध!

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, १३ : २८ मा प्रकाशित

ब्याजदर बढाउन प्रतिस्पर्धा गर्ने वाणिज्य बैंक लाभांश दिन भने अनुदार, साधारणसभामा मिडियालाई निषेध!

लगानीयोग्य रकम थुप्रिदासमेत निक्षेपको ब्याजदर बढाउन प्रतिस्पर्धा गरेका बैंकहरु यसपालि लगानीकर्तालाई लाभांश दिन भने मन फुकाउन सकेनन् ।

एनआइसी बैंकले तीन वर्षसम्म लगानीकर्तालाई कुराएर ३०.५२ प्रतिशत लाभांश बाँड्दा एभरेष्ट बैंकले २०.५३ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, सिटिजन्स बैंकले ५.७९ प्रतिशत र सिद्धार्थ बैंकले सबैभन्दा कम अर्थात ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । कस्ट अफ फन्ड बढ्दा र राष्ट्र बैंकको कडा प्रोभिजनिङ नियमले गर्दा केही बैंक त आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश बाँड्न सक्ने अवस्थामा मै छैनन् ।

यही असोजमा मात्रै ८ वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएका थिए । यसरी निक्षेप तान्न प्रतिस्पर्धा गर्ने तर कर्जा लगानी न्यून हुँदै गर्दा आगामी दिनमासमेत बैंकका रिपोर्टहरु आशालाग्दा नआउन सक्ने सम्भावना रहन्छ । उसै त उच्च पुँजीले थलिएका बैंकहरु त्यसमाथि अस्वस्थ प्रतिस्पर्धामा लाग्दा अन्त्यमा लगानीकर्तालाई नै मर्का पर्ने देखिन्छ । अघिल्ला वर्ष कम्तिमा आकर्षक लाभांश पाएर पुँजीगत नाफाको माया मारेका कमर्शियल बैंकका लगानीकर्ता यसपालि त्यो पनि नपाउने देखेर बढेको आक्रोश सामाजिक सञ्जालबाट अघि बढेर साधारणसभाहरु मै पनि सुनिन थालेको छ ।

तर फितलो रिपोर्ट र कमजोर लाभांशका समाचारहरु कभर गरेपछि कतिपय कम्पनीहरुले साधारणसभामा मिडियालाई निषेध गर्नेदेखि गालीगलौजमै उत्रनेसम्मका व्यवहार पछिल्लो समय मिडियाकर्मीले भोग्नुपरेको छ ।

साधारणसभामा सेयरधनीको चर्को गाली सुन्न पर्ने र उक्त लगानीकर्ताहरुको आवाज मिडियामा समाचार बन्ने डरले साधारणसभामा पत्रकारलाई प्रवेश नै निषेध गर्ने गरिएको छ। आज सम्पन्न सिटिजन्स बैंकको साधारणसभामा पनि मिडियामा भिडियो खिच्न बन्देज लगाइएको थियो। 

यसरी मिडिया प्रति बैंक व्यवस्थापनको खराब व्यवहारले पनि एकतर्फबाट बैंक आफैँ सर्वसाधारण लगानीकर्ता प्रति जवाफदेहि नभएको बुझिन्छ भने अर्को तर्फ स्वतन्त्र पत्रकारिताप्रति बैंक असंवेदनशील रुपमा प्रहार गरेका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको