Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश तेस्रो लेयरका राजनीतिक दलका नेतालाई पार्किङ गर्ने स्थल बनेको छ: गृहमन्त्री लामिछाने

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १६ : ३३ मा प्रकाशित

प्रदेश तेस्रो लेयरका राजनीतिक दलका नेतालाई पार्किङ गर्ने स्थल बनेको छ: गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका  हुन् । उनले प्रदेश तेस्रो तहका नेतालाई राख्ने स्थल बनेको बताए । व्यवस्थाले परिकल्पना गरेको सङ्घीयताको मर्मलाई अँगाल्न नसकेको उनको भनाई छ ।उनले तेस्रो तहका नेतालाई राख्ने ठाउँ प्रदेश बनेको बताए ।

उहाँले भने, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नलाई लिएर धेरै जिज्ञासा छन्। प्रदेश जुन ढङ्गको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो। के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको सङ्घीयताको मर्मलाई बोकेको छ की बदनाम गराउने काम गरेको छ।त्यसलाई हामीले ढङ्गको बनाउनुपर्छ भनेको हो। त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेतालाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताउनुभयो।उहाँले मिलेर जाऊँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गर्नुभयो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको