Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने पक्राउ पर्नु प्रतिशोध हो–सीके राउत

अर्थ संसार

शनिबार, ०३ कार्तिक २०८१, ०९ : ३१ मा प्रकाशित

रवि लामिछाने पक्राउ पर्नु प्रतिशोध हो–सीके राउत

सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्नु प्रतिशोध र निषेधको राजनीति भएको बताएका छन् ।

सहकारीको बचत अपचलन मुद्दामा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने शुक्रबार पक्राउ परेपछि अध्यक्ष राउतले सामाजिक संजालमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्- ‘२१ सीट भएको नयाँ र राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ,’ यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो ।’

‘हाम्रो धरातल र कैयन एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं । तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ । आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछु उनले भनेका छन्’

 

67132cf029ea0.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको