राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज पनि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।
शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि उपस्थित गराइएको हो ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा बिहीबार साँझ कास्कीबाट काठमाडौं ल्याएर प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका लामिछानेसँग शुक्रबारदेखि बयान लिन थालिएको थियो । शुक्रबार ६ घण्टा लामो बयान लिइएको थियो । शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि सरकारी वकिलको कार्यालय लगिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस