Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १७ : ५६ मा प्रकाशित

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । 

अदालतले पक्राउ परेको मितिबाट ६ दिन हिरासतको अनुमति दिएको हो । 

कास्की जिल्ला अदालतका अनुसार पक्राउ परेको मितिबाट हिरासत अवधि गणना गरी ६ दिनको अनुमति दिइएको बताए । यसबीचमा अदालत बन्द भएका कारण एकैपटक म्याद थप गर्दा ६ दिनको अनुमति दिइएको अदालतले जनाएको छ । 

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो ।  शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको