Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको प्रतिक्रिया– गोर्खा मिडियामा आएको पैसा प्रशासन चलाउन चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि त

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १६ : ०२ मा प्रकाशित

रवि लामिछानेको प्रतिक्रिया– गोर्खा मिडियामा आएको पैसा प्रशासन चलाउन चेक नकाटेर  घाँस काट्ने कुरा त आउँदैन नि त

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा आएको पैसा खर्च गर्न प्रबन्ध निर्देशकका हैसियतमा चेक काटेको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरागर्दै लामिछानेले   यस्तो बताएका हुन् ।

सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन समिति सभापति सूर्य थापाले सोमबारको प्रतिनिधि सभा बैठकमा पेस गरेका थिए। उक्त प्रतिवेदन कार्यान्वयनका लागि सभामुख देवराज घिमिरेले निर्देशन दिइसकेका छन्। त्यो प्रतिवेदनमा सहकारीको बचत अपचलनमा लामिछाने दोषी देखिएको पाइएकोले निष्कर्ष छ। लामिछानेले सहकारी छानबिन विशेष समितिले संसदमा छानबिन प्रतिवेदन पेस गरेपछि लामिछानेले कानुन बमोजिम कमजोरी भए सजाय भोग्न तयार रहेको बताए

यस्तै उनले सहकारी समस्या समाधानमा जानुपर्ने र व्यक्ति केन्द्रित गरेर राजनीतिक रोटी सेक्ने काम नगरौं भनेको पनि बताए।

सहकारीहरुबाट गएको पैसा त्यसले चलाएको त हो भन्ने गरि भाष्य बनाउन खोजिएको उनको दुखेसो छ । पैसा आइसकेपछि आन्तरिक प्रशासन चलाउन चेक नकाटेर घाँस काट्ने कुरा नहुने चेक नै काट्नु पर्ने बताए ।

‘अझै पनि भास्य निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ,’ लामिछानेले भने, ‘आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा त आउँदैन नि त। चेक नै काट्ने होला नि!’

आफूमाथि लागेको लाञ्छानालाई छानबिन समितिले प्रष्ट बनाएको उनको भनाइ छ । लामिछानेले कानुनविपरित गडबड गरेको भए सजायको भागीदार हुन आफू तयार रहेको बताए ।

‘जुन विषयमा मलाई लाञ्छना लागेको थियो त्यो समितिले प्रष्ट बनाएको छ । प्रचलित कानुनअनुसार कतै गडबड गरेको भए सजायको भागीदार हुनुपर्छ । गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने, कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा कमजोरी भएका रहेछन् भने भागीदार हुनुपर्छ, त्यसकारण हामीले सहमति गरेर प्रतिवेदनमा हस्ताक्षर गर्‍यौं,’ उनले भने ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको