Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई खाली हात बनाएको एलआइसी नेपालको साधारण सभामा भाग लिन आज सम्म सेयर कायम हुन पर्ने

अर्थ संसार

विहीबार, ३१ जेठ २०८१, ०८ : १६ मा प्रकाशित

सेयरधनीलाई खाली हात बनाएको एलआइसी नेपालको साधारण सभामा भाग लिन आज सम्म सेयर कायम हुन पर्ने

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) को साधारण सभामा भाग लिन आज सम्म सेयरधनी बन्नु पर्ने अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज तय गरेको छ । तेसैले सभामा भाग लिन आज जेठ ३१ गतेसम्म सेयरधनी कायम हुनु पर्ने हुन्छ। 

कम्पनीले आफ्ना सेयरधनीलाई निरन्तर निराश मात्रै बनाउदैं आएको छ। कम्पनीले बिना लाभांस आफ्नो कम्पनीको साधारण सभा डाकेको छ। कम्पनीले वार्षिक साधारण सभा असार १३ गते बोलाएको हो । 

सभामा कम्पनीले कर्मकाण्डी प्रस्ताव बाहेक केहि अगाडी सारेको छैन। साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने भनेको छ।

यस बाहेक आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ।  

तेस्तै, सभाले अध्यक्षको अनुमतिले अन्य केहि विषय भनेर कम्पनीले केहि प्रस्ताव लुकाएर ल्याउन लागेको हो कि भन्ने पनि भाष्य सिर्जना गरेको छ। 

सभा नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको