Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिममा ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक

अर्थ संसार

शनिबार, ०१ असार २०८१, २० : ११ मा प्रकाशित

सुदूरपश्चिममा ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक

 सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक गरेको छ ।

शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका हुन् । जसमा चालुतर्फ ११ अर्ब ७ करोड रहेको छ भने पुँजीगततर्फ १७ अर्ब ५३ करोड बजेट विनियोजन गरेका छन् ।

कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटमा पूर्वाधार निर्माणका लागि पाँच अर्ब ६८ करोड, सामाजिक क्षेत्रका लागि ६ अर्ब ७४ करोड, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रका लागि दुई अर्ब चार करोड, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा तीन अर्ब ९ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ३८ करोड ६९ लाख बजेट विनियोजन गरेको छ ।

साथै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई तीन अर्ब ९ करोड, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब चार करोड, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पाँच अर्ब ६८ करोड, सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब ७४ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ करोड ६९ लाख बजेट विनियोजन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको