Like us!
Follow us!
Connect us!
Watch us!

ट्यांकर चालकहरुको आन्दोलनका कारण पेट्रोल अभाव, सरकारी पम्पमा भने लाइन

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १८ : २९ मा प्रकाशित

ट्यांकर चालकहरुको आन्दोलनका कारण पेट्रोल अभाव, सरकारी पम्पमा भने लाइन

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ७ बुँदे माग राखेर आइतबार आन्दोलन गरेसँग काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा इन्धनको आपूर्ति अवरुद्ध भएको छ । इन्धनको आपूर्ति अवरुद्ध हुँदा पम्पहरुमा इन्धन भर्न सवारी साधनको लाइन लागेको छ ।  

पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अनुसार ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनु पर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनु पर्ने उनीहरूको माग रहेको छ ।

ट्यांकर चालकहरूले जेठ ३२ गते देखि कालोपट्टी बाँधेर काम गरेका थिए । यस्तै, उनीहरूले आज बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गर्दै आन्दोलित गरेका छन् । करिब ३०० ढुवानीका ट्यांकर डिपो अघि तेर्स्याएर उनीहरुले आन्दोलन गरिरहेका छन् ।

आफ्नो माग पुरा नभएसम्म निगमको डिपोमा तेल नखन्याउने र पम्पहरूलाई पनि वितरण नगर्ने संघले चेतावनी दिएको छ । ट्याङ्कर चालकहरूको माग पुरा गर्न निगम र मन्त्रालयले चासो नै नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिन परेको जानकारी दिइएको छ । संघका अनुसार आफ्नो सात बुँदे माग पुरा नगरेसम्म ढुवानी सुचारु हुनेछैन। चालकहरूको आन्दोलनका कारण थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको