Like us!
Follow us!
Connect us!
Watch us!

साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै बेष्ट फाइनान्स

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, ११ : २३ मा प्रकाशित

साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै बेष्ट फाइनान्स

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५६ हजार ७४ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लगानीकर्ताकर्ता असार ४ गतेदेखि ११ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौं तथा शाखा कार्यालयहरु मिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ्ग, इटहरी, नारायणगढ चितवन, र न्यूरोड पोखराबाट आवेदन दिन सक्ने छन् ।

यस्तै ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु उपत्यका बाहिरः विरेन्द्रनगर सुर्खेत र धनगढी कैलालीबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सेयरको न्युनतम मूल्य प्रति सेयर १ सय रुपैयाँ तोकिएको छ । उक्त सेयरको लागि न्यूनतम १,००० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।

तर सेयर खरिद गर्न आवेदन गरेको कूल सेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकको अधिकत्तम संख्या सिमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको